वित्तीय साक्षरता तथा प्रशिक्षणको लागि मुक्तिनाथ बैंक र फाईनान्स फ्रेन्ड बीच समझदारी पत्रमा हस्ताक्षर

finance-friend
April 2, 2024

नेपालको वित्तीय क्षेत्रको सबैभन्दा ठुलो, अब्बल र प्रतिष्ठित विकास बैंक मुक्तिनाथ विकास बैंक र बित्तीय साक्षरता, बैंकिङ्ग परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम संचालनको क्षेत्रमा प्रतिष्ठित कम्पनी फाईनान्स फ्रेन्ड प्रा.लि. बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

काठमाडौंमा आज (सोमबार) एक कार्यक्रमका बीच यि दुई संस्था बीचमा उक्त समझदारी भएको हो ।

समझदारी पत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट एसिष्टेन्ट डेपुटि सि.ई.ओ र फाईनान्स फ्रेन्ड प्रा.लि.का तर्फबाट संस्थापक तथा अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका हुन् ।

दुई वित्तीय संस्थाहरुबीच भएको उक्त सम्झौता कार्यान्वयनबाट वित्तीय साक्षरता तथा प्रशिक्षणका क्षेत्रमा थप सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

Source: https://www.corporatebazar.com/bank-insurance/18805.html?fbclid=IwAR08pc1WqUCPuF-oFAuR2LQVrIqfXFOBX8VCOQIF1yuEsiZFskJEIP-P1TU_aem_AXSm9rNa7K4GqBe8pZdecYoiWByyqYmeykloV5Oq2f3-5NbY7429uBpBllY077zfGc_r0fLgSaRIX6IBDHWh2rFe