मन्जुश्री फाईनान्स र फाईनान्स फ्रेन्डबीच सम्झौता
काठमाडौं । नेपालको वित्तीय क्षेत्रको प्रतिष्ठित र अब्बल फाईनान्स कम्पनी मन्जुश्री फाईनान्स कम्पनी र बित्तीय साक्षरता, बैंकिङ्गपरामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम संचालनको क्षेत्रमा प्रतिष्ठित कम्पनी फाईनान्स फ्रेन्ड प्रा.लि. बीच समझदारी पत्रमाहस्ताक्षर भएको छ ।
मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपालको वित्तीय क्षेत्रको प्रतिष्ठित फाईनान्स र फ्रेन्ड बीचमा उक्त समझदारी भएको हो ।
समझदारी पत्रमा मन्जुश्री फाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तेज राज तिमिल्सिना र फाईनान्स फ्रेन्ड प्रा.लि.का तर्फबाटसंस्थापक तथा अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका हुन्।
दुई वित्तीय संस्थाहरुबीच भएको उक्त सम्झौता कार्यान्वयनबाट वित्तीय साक्षरता तथा प्रशिक्षणका क्षेत्रमा थप सहयोग पुग्ने अपेक्षागरेका छन् ।
(Source: https://www.corporatebazar.com/corporate-bazar/18260.html?fbclid=IwAR2b_c9AcTlW39LCGTUd5AmXTOeCMpvq_azPb-KDxoEcTDXr_6zXC9DFXCI)