नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, युवा तथा साना ब्यवसायी स्वरोजगार कोष र फाईनान्स फ्रेन्ड प्रा.लि. बीच समझदारी पत्रमा हस्ताक्षर

finance-friend
January 24, 2024

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, युवा तथा साना ब्यवसायी स्वरोजगार कोष र युवा तथा साना ब्यवसायीहरुका लागि बित्तीय साक्षरता, बैंकिङ्ग परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम संचालन गरि यस क्षेत्रमा सेवा पुर्याई रहेको फाईनान्स फ्रेन्ड प्रा.लि. बीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । उक्त समझदारी पत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक बिश्वमोहन अधिकारीले र फाईनान्स फ्रेन्ड प्रा.लि.का तर्फबाट संस्थापक तथा अध्यक्ष श्री रमेशप्रसाद जोशीले हस्ताक्षर गर्नु भयो । यस सम्झौताको कार्यान्वयनबाट बित्तीय साक्षरता तथा प्रशिक्षणका क्षेत्रमा थप सहयोग पुग्ने र युवा तथा ब्यवसायीहरु लाभान्वीत हुने विश्वास गरिएको छ ।

(Source: https://arthasarokar.com/2024/01/finance-friend.html)